इटहरी/ गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘परेलीमा लुकाई राखन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ । टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । हेर्नुस् भिडियो ।
अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा दिपक परियार र बबिशा पाण्डे बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । संजय सेन्चुरीको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । मोमो सेन्ट्रलले निर्माण गरेको यस गीतको भिडियोलाई ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
Discussion about this post