Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सिनेमा घर एपमा आयो फिल्म ‘पनिफोटो’, यसरी हेर्न मिल्छ

✍ परिकला न्यूज
मंसिर १६, २०८० मा प्रकाशित
सिनेमा घर एपमा आयो फिल्म ‘पनिफोटो’, यसरी हेर्न मिल्छ

इटहरी/ अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ । गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको ‘पानीफोटो’मा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको यस चलचित्रका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा सङ्गमको पार्श्व सङ्गीत छ ।

डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’ नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् । लामिछानेले हरेक फिल्म मेकरको सिनेमा मार्फत फरक फरक कथा भन्ने सपना हुने बताए । उनले भने, “पानीफोटोमा जुन कथा भनिएको छ, त्यो कथा मेरो मनमा गडिएर बसेको भुइँमान्छेहरुको कथा हो । हराएका आफन्तहरू आउलान् भनेर आँखामा आशाको ज्योति लिएर कुरिबसेका हजारौँ भुइँमान्छेको कथा हो ।”

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’ जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ । ‘पानीफोटो’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

दिपक र बबिशा फिचर्ड ‘परेलीमा लुकाई राखन’

अर्काे पाेस्ट

फिल्म ‘चारदाम’ को ट्रेलर र गीत इटहरीमा एक कार्यक्रम गरि सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana