इटहरी/ बलिउडका ख्यातिप्राप्त गायक अरिजित सिंहले नेपाललि गीत गाउँदा र उनले आफ्नो काँधमा नेपालको झण्डा राखेर गीत गाउँदा यतिबेला उनको चर्चा नेपालमा खुबै भैरहेको छ । अरिजितले शनिबार काठमाडौंको हायात होटलमा कन्सर्ट गरेका थिए । जहाँ उनले दर्शकदिर्घबाट आएको नेपालको झण्डा सबैलाई देखाउदै काँधमा बेरेर आफ्ना चर्चित गीतहरु गाएका थिए ।
उनका फ्यान नेपालमा अत्याधिक छ । त्यसैले गर्दा पनि त्यति महङ्गो टिकटक खरिद गरेर उनलाई नजिकबाट हेर्न नेपालिहरुको निकै ठूलो भिड लागेको थियो । उनले नेपाली फ्यानहरुलाई आफू तर्फ आकर्षित गर्न नेपाली गीत समेत गाए । उनले चर्चित ‘आउ न आउ यो मनलाई’ बोलको गीत नेपाली भाषामै गाएका थिए । सो गीत गाउदा दर्शकदिर्घाबाट ठुलै गुन्जयमान सुनिन्थ्यो ।
उक्त कन्सर्टमा उनले करिब ४ घण्टा दर्शकसँग आफ्ना गीतहरु गाउँदै रम्माएका थिए । पहिलो पटक कन्सर्टका लागी आएका उनले घाइते हुँदा हुँदै पनि नेपालमा आफ्नो प्रस्तुति दिएर नेपाली फ्यानहरुको झनै मन जितेका छन् । ‘अरिजीत सिंह लाइभ ईन नेपाल’ नाम दिइएको उक्त कन्सर्टलाई ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रमका लागी प्राविधिक टोलि देखी स्टेज समेत भारतबाट ल्याईएको थियो । यो लेभलको स्टेज नेपालमा पहिलो पटक बनेको चर्चा समेत चलेको छ ।
दर्शकलाई अझै नजिक बनाउन आफ्नो प्रस्तुति संगै उनले कार्यक्रम अवधीभर अटोग्राफ पनि दिए भने बसेका दर्शक भन्दा उठेका दर्शकलाई उनले बढी प्राथमिकता दिएको देखिन्थ्यो । अरिजितले दर्शकको आग्रह अनुसार नै गीत गाउदै सुरुवातमा ‘आशिकी’ फिल्मको ‘तुम हि हो’ गीत गाएका थिए । यसपछि, उनले ‘केसरिया तेरा मेरा, जो तुम ना हो, बेखयाली, प्यार झुठा थो ता, केहेत हे खुदा ने इस, अगर तुम साथ हो, ए दिल हे मुस्किल, तेरा प्यार मे, चलेया’ लगायतका आफ्ना चर्चित गीतहरु गाएका थिए । प्रस्तुतिको अन्त्यमा उनले ‘अच्छा चलता हुँ दुवाओमे याद रखना’ बोलको गीत गाएका थिए ।
Discussion about this post