इटहरी/ झापा दमकका उदयमान गायक आयुष्मान चापागाँईले हिन्दी भाषाको गीत ‘मेरी जान’ को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा स्वर, शव्द र संगीत आयुष्मान आफैले गारेका छन । उक्त भिडियोको कथा सञ्चारकर्मि विकल श्रेष्ठले लेखेका छन भने बिकल श्रेष्ठ कै निर्देशन, छायांकन र सम्पादन समेत रहेको छ ।
भिडियोमा मुख्य कलाकारमा चक्लेटी अनुहारका आयुष्मान र अन्बेशा चापागाईंको अभिनय देख्न सकिन्छ । अन्वेषाको यो पहिलो अफिसियल म्युजिक भिडियो भए पनि अन्वेशाको अभिनय भने ब्यवसायिक कलाकारको जत्तिकै रहेको छ । दमक तथा आसपासका सुन्दर दृश्यहरु समेटिएको उक्त भिडीयोमा गायक आयुशको पारिवारीक सदस्यहरु आमा डा. शकुन्तला चापागाई र हजुरवुवा हरिप्रसाद चापागाँईको समेत अभिनय रहेको छ ।
डाक्टर परिवारमा हुर्किएको भए पनि उनको संगीत प्रतिको मोह भने बिछ्ट्टै रहेको छ । अध्ययनमा तिक्ष्ण रहेका आयुष्मानको यो संगीत मोहलाई साकार पार्न उनको बुवा डा. नवीन चापागाईं लगायत सम्पुर्ण परिवारको पुर्ण साथ रहेको आयुश बताउछन् । यसअघि आयुष्मानको केही सृजनाहरु “मुरली तिरीरी’, “माया बस्यो कि कतै” जस्ता बोलको गीत र म्युजीक भिडीयो उनले बजारमा ल्याइसकेका छन् । हेर्नुहोस् भिडियो ।
यसअघि ‘तिमि नै’ बोल गीतको लिरिकल भिडीयो समेत उनले आफनै युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरिसकेका छन । हाल भारतको मेंलुरमा चिकित्सा शिक्षा अध्यान गरि रहेका आयुष्मान भबिष्यमा चिकित्सा पेशा र संगीतलाई सँगसँगै अगाडि लिएर जाने उनको लक्ष्य रहेको बताउँछन् । मोह रहेका कारण पारिवारीक रुपमा सहयोग समेत रहँदै आएको आयुशमान बाताउछन् । यस गितमा सुलभ कडरीयाको एरेन्ज रहेको छ । गीतको प्रोडक्सन सक्षम श्रेष्ठले गरेका हुन् ।
Discussion about this post