इटहरी/आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘जम्प’को ट्रेलर रिलिज भएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा सिनेमा मुख्य पात्रहरुलाई स्थान दिइएको छ । साइकोलोजिकल थ्रिलर जनरामा बनेको सिनेमाको ट्रेलर पनी सस्पेन्स नै छ ।
सिनेमा आगामी मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ । नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको सिनेमाले राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगतका दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । योसँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर सिनेमा रुमलिने निर्देशक कार्कीले बताए ।
सिनेमा क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको हो । इशा खड्का कार्यकारी निर्माता रहेको सिनेमाले नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा र नवीनताको पुनर्जागरण गर्ने टिमको विश्वास छ । ‘जम्प’को ट्रेलर यस्तो बनेको छ ।
सिनेमामा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी सिनेमा फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।
Discussion about this post