इटहरी/ सकारात्मक चर्चा र आलोचनाको घेराबन्दीमा परिरहने अभिनेत्री आँचल शर्मा यतिबेला देश बाहिर छिन् । प्रायः नेपाली अभिनेत्रीहरु देश बाहिर घुम्न जाँदा होस वा काम बिशेषले जाँदा होस्, समुन्द्री तटमा टु पिसमा विकिनी अवतारको फोटो खिचेर सामाजिक संजालमा नहालेसम्म त्यो यात्रा अधुरै हुन्छ झै छ । विगतमा अन्य अभिनेत्रीहरुको बिदेशी मरुभुमी होस् वा समुन्द्री तटमा होस् विकिनी अवतार देख्नु नै भएको होला । यस्तैमा अभिनेत्री आँचल शर्मा पनि सोहि अवतारमा प्रस्तुत भएकी छन् ।
यतिबेला श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन फिलिपिन्समा पुगेकी आँचल विकिनी अवतारमा देखिएकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । विकिनीमा कमै मात्रामा देखिने गरेकी आँचल यसपटक हरियो रंगको विकिनीमा फिलिपिन्सको सौन्दर्यतामा रमाउदै विन्दास देखिएकी छिन् । साथमा, श्रीमान् उदिप श्रेष्ठसँग मस्ती मुडमा देखिन्छिन् ।
फिल्म ‘डिग्री माइला’को पहिलो सेड्यूल सकिएसँगै शर्मा केही समय फुर्सदमा छिन् । फिल्मको केही प्रतिशत छायांकनपछिको यो फुर्सदिलो समयलाई सदुपयोग गर्न उनी श्रीमान सहित फिलिपिन्स पुगेकी हुन् । ‘डिग्री माइला’को दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुने भनिएको छ । आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।
Discussion about this post