Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निवा लिम्बूले जितिन् मिस धरान आइकन २०२३ को उपाधि, अनु फर्स्ट र जेसिका सेकेण्ड रनरअप

✍ परिकला न्यूज
अशोज २८, २०८० मा प्रकाशित
निवा लिम्बूले जितिन् मिस धरान आइकन २०२३ को उपाधि, अनु फर्स्ट र जेसिका सेकेण्ड रनरअप

इटहरी/ तपाईं धरानको नगर प्रमुख हुनुभयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की १९ वर्षीय निवा लिम्बूले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राखिन । उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै निवाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् । मुख्य निर्णायक मेन्टर सेफ तथा युएन कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले सोधेको प्रश्नमा निवाले स्वच्छ खानेपानी वितरण, फोहोर व्यवस्थापनमा ध्यान दिने र नगरवासीलाई स्तरीय शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति दिने बताइन् ।

‘म यदि धरानको मेयर भएँ भने युवाहरुलाई विदेश नजान अपिल गर्दै धरानमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नेछु, अर्थतन्त्रको विकासका र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नेछु, मेरो ज्ञान डिजिटल मार्केटिङमा लगाउनेछु,’ निवाले भनिन्, ‘नेतृत्व विकास र योजना व्यवस्थापनमा सरोकारवालाहरुसँग परामर्श गरी धरानको विकासमा लगाउनेछु । युवाहरुलाई निशुल्क अनलाइन शिक्षा प्रदान गर्नेछु ।’ उनले युवा उद्यमीलाई स्थानीयस्तरमै अवसर सिर्जनाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने बताइन् । इटहरी इन्टरनेश्नल कलेजमा बिबिए सेकेण्ड इयर अध्ययनरत निवाको सटिक उत्तरमा निर्णायक मण्डलले उनलाई विजेता घोषणा गरे ।

उनलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज लगाइदिए । मिस धरान आइकन २०२३ को फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाएकी अनु राई घोषित भइन् । उनले नगद ३० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाईदिए । त्यस्तै मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता बिस्वकर्माले ताज लगाईदिएका थिए । सब-टाइटल अन्तर्गत मिस फोटो जेनिक समीक्षा चौधरी, मिस बेस्ट वक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित भए ।

ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको दोस्रो संस्करणको निर्णायक मण्डलमा मेन्टर सेफ गगनमान श्रेष्ठसँगै अभिनेता सानुबाबा सुब्बा, डिएसपी डा श्रीबिन्दु शर्मा, डिपो स्कुलका फ्याकल्टी चिफ डा एनएल राजवंशी, शिक्षासेवी तथा उत्प्रेरक सुरेश राई, कवि सुदिप पाख्रिन र मिस पुर्वान्चल २०१९ कि सेकेन्ड रनरअप तथा लेक्चरर सिमरन लिम्बू रहेका थिए । ‘ब्युटी विथ ब्रेन’ को नारासहित युवा सशक्तीकरणका लागि प्रतियोगिता आयोजना गरिरहेको आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले जानकारी दिए । प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, फेसन, र्यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवकलगायतका प्रशिक्षण दिइएको मिस धरान आइकनका प्रबन्ध निर्देशक राजकुमार पराजुलीले जानकारी दिए । डिजाइन अफ फेशन एण्ड टेक्नोलोजीको पहिरन रहेको प्रतियोगिताको कोरियोग्राफी प्रोजिता लामाले गरेकी थिइन भने कार्यक्रम सन्चालन विद्या लिम्बूले गरेकी थिइन् । प्रतियोगिता सिल्भर इन्टरटेन्मेन्टको विशेष सहयोगमा सम्पन्न भएको थियो ।

अगाडिकाे पाेस्ट

दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’को विजेता भईन् एलिना र सजिना

अर्काे पाेस्ट

‘चित्त दुख्छ रे उनैको’मा सिताराम र उषाको रोमान्स

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana