इटहरी/इटहरी/ बलिउडकि चर्चित नायिका शिल्पा शेट्टी आफ्नो अभिनयलाई लिएर मात्र नभै योग, डान्स, हेल्दी खान टिप्स तथा हेल्थलाई लिएर पनि उतिकै चिनिन्छिन् । बिभिन्न रियालिटी सो तथा धेरै फिल्ममा काम गरेर आफ्नो छुट्टै पहिचान बनाएकी उनि यो पटक भने चुकेकी छन् । हालै सार्वजनीक शिल्पा शेट्टीको फिल्म सुखी शुक्रवारबाट हलमा रिलिज भएको छ । यो फिल्म विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमली’ सँग टक्कर लिइरहेको छ ।
दुवै फिल्मले शाहरुख खानको जवानसँग सामना गर्नुपरीरहेको छ, जसका कारण यो फिल्मको बक्स अफिसमा खराब अवस्था देखिएको छ । सैकनिल्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार सेट्टीको यो फिल्मको पहिलो दिनको कलेक्शन झुर छ । सार्वजनिक भएको पहिलो दिनको कलेक्सनमा ३० लाख भन्दा कमको व्यापार देखिएको छ । अर्थात सुरुवाती कलेक्सन १ करोड पनि देखिएन । यो फिल्म पहिलो दिनमा नै बक्स अफिसमा असफल भएको छ । उता जवानले शो पईरहेको बेला ‘सुखी’ले खुसि हुने गरी कमाउन सकेको छैन ।
‘द ग्रेट इन्डियन फेमली’ र शाहरुखकाे ‘जवान’ दुवैका कारण ‘सुखी’को अवस्था नाजुक बनेको हो । उता, विक्की कौशलको फिल्मले पनि खासै व्यापार गर्न सकेको छैन तर पनि सुखीभन्दा धेरै कमाएको छ । जवान रिलिज भएको २ हप्ता भन्दाबढी भइसक्यो तर अझै पनि यो फिल्मलाई कसैले पछाडि पार्न सकेको छैन । ‘सुखी’लाई सोनाली जोशीले निर्देशन गरेकी हुन् । फिल्ममा शिल्पासँगै कुशा कपिला, अमित साध, दिलनाज इरानी, किरण कुमार, विनोद नागपालको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । यो फिल्म ३८ वर्षकी गृहिणीको कथा हो ।
Discussion about this post