इटहरी/ कामको सिलसिलामा इराक पुगेका १२ नेपालिलाई निर्मम तवरले हत्या गरेको १९ वर्ष पुगेको सम्झनामा आज इटहरीमा दिप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अग्रसरतामा इटहरी मुख्य चौकमा १२ ओटा मैनबत्ती बालेर सम्झना गरिएको हो । श्रद्धाञ्जली सभामा चलचित्रकर्मीहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । मृतकहरुलो सत्य घटनामा आधारित रहेर ‘१२ नेपाली एक चिहान’ नामक फिल्म पनि बनेको छ । जस्लाई अरुण कुमार प्रधानले निर्माण तथा निर्देशन गरेका छन् ।
आजकै दिन अर्थात सन् २००४ सेप्टेम्बर १ तारिख (वि.सं. २०६१ भाद्र १५) को दिन हात्तिखर्क धनकुटाका मंगल लिम्बू, सुरुङ्गा झापाका प्रकाश अधिकारी, चिसापानी खोटाङका राजेन्द्र श्रेष्ठ, खोटाङकै ज्ञानेन्द्र श्रेष्ठ,धनुषाका संजय ठाकुर, धनुषाका मनोज ठाकुर, धनुषाका बुधन शाह, धनुषाका ललन सिंह कोईरी, ललितपुरका रमेश खडका, लमजुङका बिष्णुहरि थापा, गोर्खाका जित बहादुर थापा र रोल्पाका झोक मगरलाई निर्मम हत्या गरिएको थियो ।
Discussion about this post