इटहरी/ यतिबेला गायिका त्रिशला गुरुङले एसिया कप क्रीकेटको उद्घाटन समारोहमा गीत गाएपछी उनको देशमा मात्रै नभई बिदेशमा समेत चर्चा चुलिएको छ । उनको गायन कला त छदैछ, यता सौन्दर्यता र गुरुङले प्रस्तुतिको बेला लगाएकी पहिरनको समेत चर्चा भएको हो । गायिका गुरुङको अहिले छिमेकी राष्ट्र भारतका मिडियामा व्यापक चर्चा चलिरहेको छ । उद्घाटन समारोह सकिएको केही समयमै त्रिशला सामाजिक संजालमा छाउन थालेकी थिइन् । प्रस्तुतिका क्रममा उनले राष्ट्र भावनाले ओतप्रोत हिट नेपाली गीत ‘रातो र चन्द्र शुर्य’ गाएकी थिइन् । हेर्नुस् उनको प्रस्तुतिको भिडियो ।
उनको प्रस्तुति पश्चात् नेपाली मिडियाले राम्रो स्थान दिएको थियो भने अहिले भारतिय मिडियाले समेत उनलाई पछ्याईरहेको छ । उनको चर्चा नहोस् पनि कसरी ? सेतो सारी र रातो चुरामा धपक्कै बलेकी थिइन् । उनले कार्यक्रममा प्रस्तुत गरेको भिडियो आफ्नो सामाजिक संजाल फेसबुकमा राख्दै ‘रातो र चन्द्र शुर्य गाउन पाउनु मेरो सम्मान थियो’ भनेर लेखेकी छन् । जसको कमेन्टमा भारतिय तथा पाकिस्तानी फेसबुक प्रयोगकर्ताहरुले समेत उनको र नेपालको तारिफ गर्दै कमेन्ट गरिरहेका छन् ।
Discussion about this post