इटहरी/ अभिनेता पल शाहको जुन क्रेज पहिला थियो, त्यो क्रेज जेलबाट निस्किएपछी दोब्बर होला भन्ने अड्कल धेरैको थियो । यो अड्कल बालुवामा पानी हालेझै भयो । जेलबाट निस्केपछिको यथार्थ त के छ भने सामाजिक संजालमा डलरको खोला झै बगाएर उनको क्रेज फर्काउने प्रयास । तर, त्यो डलर आतंकको रुपमा परिणत भयो । अर्थात भिडियोलाई टन्नै बुस्ट गरियो परिणाम खासै छैन । हामिले हेर्दै जादा यतिसम्म कि गत शुक्रवार सार्वजनिक ‘सक्छौ र तिमी म बिना बाच्न’ बोलको गीतलाई २१ ओटा फेसबुक पेजबाट बुस्ट गरिएको भेट्यौ । हामिले भेटेको यति, झन अरु कति गर्या होला ?
तर, हजारौ देखी लाखौ लाईक र फलोअर्स भएका यी पेजहरुमा डलरको खोला बगाउदा समेत भिडियोको भ्युज भने १ सातामा १० लाखसम्म पुग्न सकेको छैन् । यत्रो क्रेज भएका, रियल हिरोको उपमा समेत पाएकाको त यस्तो हविगत छ भने अरुको अवस्था नाजुक किन नहोस ? यसर्थ शाहले आफुलाई पुरानै लयमा फर्काउन सक्दो कोशिश गरिरहेका छन् । त्यसैले पनि हरेक साता उनि अभिनित गीत सार्वजनिक भैरहेको छ भने हरेक भिडियोलाई फेसबुक बिज्ञापनमा राम्रै खर्च गरेको बुझ्न सकिन्छ । यता लगातार सनिशा भट्टराईसंग मात्रै म्युजिक भिडियो खिलिरहदा अन्य स्थापित मोडल तथा अभिनेत्रीले भने उनिसंग भिडियो खेल्न नमानेको त हैन ? भन्ने चर्चा पनि चलिरहेको छ । हेर्नुस यो समाचारसंग सम्बन्धित रहेर तयार गरिएको हाईलाईट्स कार्यक्रम
शाहको अभिनयमा हिजो बिहिबारबाट ‘थाहै भएन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोले राम्रै भ्युज पाउलाकी भन्ने अड्कल लगाउन सकिन्छ । त्यसको एउटै कारण हो, मिस पवि । पछिल्लो समय मिस पवि उदाउदो अभिनेत्री हुन् । टिकटकमा राम्रो क्रेज बनाएकी उनी म्युजिक भिडियो मोडलिङमा समेत जम्दै छिन् । त्यसैले पनि पललाई उनको साथले राहत मिल्ने देखिन्छ । त्यस्तै यहि आउदो २२ गते पुन: सनिशा भट्टराई संगै उनको अभिनयमा ‘लुम्बिनी, जता तिमी उतै म झुम्मिनी’ बोलको गीत सार्वजनिक हुदैछ । एउटै मोडलसंग मात्रै अभिनयमा झुम्मिरहेका पलको त्यहि अनुसारको गीत पनि आउने भएको छ, ‘लुम्बिनी, जता तिमी उतै म झुम्मिनी’ । सार्वजनिक भएका र आउदै गरेका पलका गीतहरु पुरानै लयमा फ़र्किउन । यसरि डलर आतंक भने अब गर्न नपरोस ।
Discussion about this post