Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पूर्वेली आइकन’को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट

✍ सुवास संकल्प
अशोज ५, २०८१ मा प्रकाशित
‘मिसेस पूर्वेली आइकन’को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट

इटहरी/ ‘मिसेस पूर्वेली आइकन २०२४’को बिहीवार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आयोजक संस्था ओपन स्पेसले इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो । जहाँ प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिकिसा सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने रुबिना श्रेष्ठले गायन प्रस्तुति दिएकी थिइन् । मुना बजगाई र जिकिसा सापकोटाले कविता वाचन गरेकी थिइन् । यो प्रतियोगिताको ट्यालेन्ट राउन्ड विशेषत: प्रतियोगीहरूले आफ्नो भित्री प्रतिभा उजागर गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको थियो । निर्णायक मण्डलमा राजु केसी, स्मित कार्की, प्रज्वल पराजुली र यसोदा रहेका थिए ।

निर्णायकहरूका अनुसार प्रतियोगीहरूले देखाएका कलामा मौलिकता, प्रस्तुतीकरण र आत्मविश्वास उच्च स्तरको रहेको थियो । ट्यालेन्ट राउन्ड कार्यक्रमको सञ्चालन सजिना श्रेष्ठले गरेकी थिइन् भने यो प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरिरहेकी छन् । यस कार्यक्रमले विवाहित महिलाहरूका लागी नयाँ आयाम थपेको छ । जहाँ सौन्दर्यको परिभाषा केवल बाहिरी स्वरूपमा सीमित नरही उनीहरूको भित्री कला, क्षमता र बौद्धिक विकासमा जोड दिइएको छ ।

आयोजक संस्था ओपन स्पेसका संचालक सरोज श्रेष्ठका अनुसार यो प्रतियोगिता विवाहित महिलाहरूका लागि एक प्लेटफर्म हो, जहाँ उनीहरूले आफ्नो लुकेको प्रतिभा प्रष्फुटन गर्ने अवसरका साथमा उनीहरूको बौद्धिक क्षमता र अभिव्यक्ति कलामा उल्लेख्य सुधार ल्याउने छ । प्रतियोगिताको फाइनल यहि असोज १२ गते इटहरीको लायन्स क्लबको सभा हलमा साँझ ६ बजेबाट सुरु हुनेछ । फाइनलमा यी ८ जना फाइनलिस्टहरूले विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्दै मिसेस पूर्वेली आइकनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद ५० हजारसहित अन्य थुप्रै पुरस्कार जित्ने छन् भने सबटाईटलहरु पनि वितरण गरिने आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

‘कल्ली’बाट पल शाह निकालिएपछी एकपछि अर्का कलाकार भित्रीदै

अर्काे पाेस्ट

झापाको दमकमा ‘आरवि’ फिल्मको छायांकन, कृतिका मुख्य भूमिकामा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २९, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana