इटहरी/ कोशी प्रदेशमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को आयोजना हुने भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा यो बालबालिकाहरुको सौन्दर्यतासंगै बौद्धिक विकासमा मलजल गर्ने उद्देश्य सहित आयोजना गर्न लागिएको हो । यसअघि यी आयोजक कम्पनीहरुले थुप्रै सौन्दर्य तथा साङितिक कार्यक्रमहरु आयोजना गरिसकेको छ ।
ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्रालीले मिस नेपालसंगको सहकार्यमा कोशी प्रदेशमा काम गरिरहेको छ । अर्थात यो कम्पनीका संचालक स्मित कार्की मिस नेपालको कोशी प्रदेश संयोजक हुन् । तसर्थ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ पनि अन्य भन्दा व्यवस्थित तवरले कार्यक्रम आयोजना गर्नुपर्ने चुनौती यी आयोजकहरुलाई देखिन्छ । यो प्रतियोगिताको शनिबार अर्थात भदौ १ गते अडिसन राखिएको छ ।
इटहरीको गोरखा होटलको सभाहलमा बिहानको ११ बजेदेखी अडिसन राखिएको आयोजकले जनाएको छ । अडिसनमा बालबालिकाको अभिभावकलाई समेत कार्यक्रमको भावी योजना र बालबालिकाहरुले सहभागी भैसकेपछी के अवसर पाउने लगायतका बारेमा सोही दिन जानकारी गराईने बताईएको छ । यो प्रतियोगितामा ८ वर्षदेखी १४ वर्षसम्मका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् ।
कार्यक्रममा २५ दिनको तालिम अवधी राखिएको छ । यो बिचमा बालबालिकाले व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमतामा वृद्धि, योगा लगायतका अन्य थुप्रै कुराहरु सिकाईने छ । तालिम पश्चात् ग्राण्ड फिनालेबाट बिजेता चयन गरिनेछ भने सहभागी सम्पुर्णलाई केहि न केही अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यो कार्यक्रमको बिजेताले ३० हजार नगद सहित अन्य थुप्रै पुरस्कारहरु प्राप्त गर्नेछन् ।
Discussion about this post