इटहरी/ केहि समयदेखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन । एकहप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘मायालु ‘को भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन । हेर्नुस् भिडियो
भिडियोमा प्रियंका राष्ट्रबैंक निर्देशक चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन् । कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ । रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन् । २ दशक भन्दा अगाडीदेखि नेपाली सागीतिक क्षेत्रमा सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।
Discussion about this post