एजेन्सी/ मुम्बईमा २ दिनअघि एकसाथ ११ फिल्मको शुभ मुहुर्त गरिएको छ । २०२४ को जनवरीदेखी छायांकन गर्ने तयारीसंगै वर्ल्ड वाईड फिल्म प्रोडक्सनले ११ वटा फिल्मको एकसाथ शुभ मुहर्त घोषणा गरेको हो । ‘हम साथ साथ हैं’, ‘साजन चले ससुराल’, ‘भाभी जी घर पे हैं’, ‘जय माता दी’, ‘एक बहू ऐसी भी’, ‘मैं सेहरा बन्द के आउँदो २’, ‘स्वर्ग से प्यारा घर हमारा’, ‘वाह वाह रामजी क्या जोडी है बानी’, ‘ये बन्धन है प्यार के २’, ‘दोस्ताना २’ र ‘आंगन की लक्ष्मी २’ नामक फिल्मको शुभ मुहुर्त गरिएको हो ।
शुभ मुहुर्त कार्यक्रममा अभिनेता देव सिंह, रोहित सिंह मात्रु, प्रेम सिंह, गीतकार तथा संगीतकार मुन्ना दुबे, लेखक अरविन्द तिवारी, निर्माता प्रदीप सिंह र प्रतीक सिंह तथा निर्देशक अजय कुमार झा र राजकिशोर सिंह राजु लगायतको उपस्थिति रहेको थियो ।
निर्माण कम्पनी वर्ल्ड वाइड फिल्मस प्रोडक्सनका अनुसार यी सबै फिल्म जनवरीदेखी छायांकनमा जानेछन् । अहिले यी सबै फिल्मको कास्टिङको कार्य भैरहेको जनाईएको छ । निर्माता प्रदीप सिंहका अनुसार एकैसाथ ११ फिल्मको निर्माण घोषणा तथा शुभ मुहुर्त भएको यो पहिलो घटना हो । यी सबै फिल्महरु फरक विधा र फरक कथामा बन्ने उनको भनाई छ । यी फिल्महरु अर्को वर्ष रिलिज हुने बताईएको छ । तर, प्रदर्शन मिति भने तय गरिएको छैन् ।
Discussion about this post