इटहरी/ गायक अबिराज लकान्द्रीले हाउस पार्टीको कन्सेप्ट समेटेर ‘सुनिदेउ न’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लकान्द्रीको रहेको छ । गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो । म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा राना फिचर्ड छन् । हेर्नुस् भिडियो ।
पिस डान्स स्टुडियो टिमको समेत नृत्य भिडियोमा देख्न सकिन्छ । प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । शान्ती तामाङ सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।
Discussion about this post