Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मन्त्री सुदन किरातीले सार्वजनिक गरे पालाम गीत ‘मिम्जिमा ए’

✍ परिकला न्यूज
मंसिर १५, २०८० मा प्रकाशित
मन्त्री सुदन किरातीले सार्वजनिक गरे पालाम गीत ‘मिम्जिमा ए’

इटहरी/ बिहिबार साँझ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भिम लिम्बु र गायिका मनु नेम्वाबले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले गायक भिमसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै सबगीत यात्रामा अगाडि वढेको बताए । ‘उनले सपना देखेर सब्गीत यात्राको प्रारम्भ गरे । चौरमा बसेर गएको गीत र त्यो यात्रा सब्घर्ष अहिले पनि मलाई स्मरण छ । मैले राजनीति रोजे र उनले सबगीत रोजे’, किरातीले भने, ‘उनको गीतसब्गीत प्रतिको लगाव अझैँ उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’

उनले गीतसब्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह गरे । उनले भने, ‘लिम्बू समुदायले गाउने पालाम र ख्यालीको विशेष महत्व छ । पालामसँग लिम्बूहरुको सांस्कृतिक पहिचान जोडिएको छ । पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक छ ।’ गीतमा भिम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बु, निरन्ता नेम्वाब्ग, शिव साम्बाहाम्फे, दीपा सुहाब छन् । गीतको सब्कलक गायक भिम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाबले लेखेका हुन् । गीतमा अशोक लोहरूब राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिब गरेका छन् । हेर्नुस भिडियो

गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाब, रुकमान लिम्बु, कृष्ण सेनेहाब,नविन सेनेहाब, खुसी थुलुब, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् । तारेभिरको रमणीय दृश्यमा छायाब्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहिँ भेटघाटको क्रम बसे मायालाई देखाईएको गायक लिम्बुले जानकारी दिए । ‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत व्यक्त गरिएको छ । यसले त्यो परम्परालाई पुस्तान्तरण गर्न पनि मदत गर्छ । त्यसैले यो गीत मात्र नभई संस्कृति जोडिएको म्युजिकल फिल्म हो’ गायक भिमले भने, ‘दुई दशक अगाडि गीतसब्गीतमा पाईला टेकेता पनि यो लिम्बु भाषामा भने मेरो पहिलो गीत हो ।’ सार्वजनिक भिडियोमा नृत्य र निर्देशक लोकेन सावाले गरेका हुन् भने यसमा छायाँकन युवराज राई, मेकअप सञ्जु थलाब, सम्पादन अनिल राना र फोली साउण्ड मानसी किरणले गरेका हुन् ।

गायक भिम झन्डै एक दशकको विश्राम पश्चात पुनः गायनमा सक्रिय भएका छन् । ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनि गायनमा स्थापित भएका हुन् । उनले आउँदो समयमा यति ठूलो विश्राम नलिने र गीतसब्गीतमा निरन्तरता दिने बताए । याक्थुब युथ एशोसियसनका सचिव रुकमान लिम्बुले मन्तव्य राख्दै उपस्थितलाई धन्यवाद दिए । उनले भने, ‘हामीले आफ्ना क्रियाकलापमार्फत मनोरंजनसँगै संस्कृतिलाई टेवा पुग्ने कार्य गरिरहेका छौँ । यो म्युजिकल फिल्मले नयाँ पुस्तलाई संस्कृति बारे जानकार गराउनेमा म विश्वस्त छु ।’ गीत सार्वजनिक समारोहमा भाषाविद तथा अभिनेता यासेली योबहाब, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याबजोम शेर्पा, किरात याक्थुब चुम्लुबका केन्द्रीय उपाध्यक्ष गोविन्द आब्बु, गायक दीपक लिम्बु, सब्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

अगाडिकाे पाेस्ट

फिल्म ‘दुखी आत्मा’को घोषणा, दयाहाङ राई अनुबन्ध, अभिनेत्री को ?

अर्काे पाेस्ट

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग विवाह गर्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक
कलिउड न्युज

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

चैत्र २३, २०८२ मा प्रकाशित
करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana