इटहरी/ हिन्दु नेपाली नारीहरुले श्रदा र आस्थाका साथ लिईने तीज व्रतमा भगवान शिवको पुजा र आराधना गरिन्छ । जसमा महिलाहरु बिभिन्न पहिरन र गरगहनाका साथ सजिएर भेला भई नाच्ने गाउने गर्दछन् । यहि चाड र नारीहरुको आस्थालाई ध्यानमा राखेर बिभिन्न तीज गीतहरु सार्वजनिक हुने गरेको छ । यहि कुराहरुलाई समेटेर हरेक वर्ष जस्तै यो पटक पनि गायिका रचना रिमालको स्वरमा तीज गीत सार्वजनकि भएको छ ।
सार्वजनिक ‘यो साल नि परदेश मै तीज’ गीतले नारीको मनको भावना र समाजको अथार्थ चित्रण गरेको छ । संगीत मनोरन्जनको लागि मात्र नभएर सन्देशमुलक पनि हुने कुरा यस गीतमा झल्किएको छ । वर्ष दिनको दुख बिर्सेर सबै साथी, संगिनी, आफन्त, माईति भेटघाट गर्ने चलन रहेको तीजमा परदेशमा तीज मनाऊदा मनको बहाब यस गीत र भिडियोमा झल्केको छ । हेर्नुस् भिडियो
सार्वजनिक गीतमा शब्द दिनेश राज पुरीको रहेको छ भने संगीत दीपक राज बिश्वकर्माको रहेको छ । यो भियियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकन प्रकाश खड्का र उनको टिमले गरेको हो । भिडियोमा गायिका रचना रिमाल पनि फिचर्ड भएकी छन् भने उनीसंगै अभा थापा, अञ्जना बराईली, अनिशा ओली र एलिना रानाको दमदार प्रस्तुति रहेको छ । यो भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।
Discussion about this post