Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘होस्टेल ३’को ‘मनमा अनौठो’ गीतको भिडियो सार्वजनिक, पारस र सिम्रनको रोमान्स

✍ परिकला न्यूज
माघ १८, २०८१ मा प्रकाशित
‘होस्टेल ३’को ‘मनमा अनौठो’ गीतको भिडियो सार्वजनिक, पारस र सिम्रनको रोमान्स

इटहरी/ प्रतिक्षित नेपाली फिल्म ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । किशोरकिशोरीको प्रेमभाव झल्काउने गीतमा फिल्मका मुख्य कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । शुक्रबार बिहान रिलिज गरिएको गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत छ भने रेश्मा पुन र उकेश रावलको सुमधुर आवाज सुन्न सकिन्छ ।

प्रवीण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । सार्वजनिक भएसँगै यो गीतका क्लिपहरु टिकटक र रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसअघि सार्वजनिक ‘टिक टिक टिक’ गीत नेपाल युट्युब ट्रेन्डिङको १६ औँ स्थानमा उक्लिएको थियो । नेपालीहरूको बसोबास रहेका अन्य देशहरूमा पनि गीतले चर्चा पाइरहेको छ ।

क्याम्पस जीवनका संघर्ष, मित्रता, प्रेम र रमाइलो क्षण समेटिएको ‘होस्टेल ३’ लाई सशान कँडेलले निर्देशन गरेका छन् । फिल्मको स्क्रिप्ट माधव शर्माको रहेको छ भने कथा निर्देशक कँडेलकै हो । फिल्ममा पारस बम, सिम्रन पन्त, रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, समा पराजुली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । साथै उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुष लगायतका कलाकारहरू पनि फिल्ममा देखिनेछन् । हेर्नुस् भिडियो ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला रहेका छन् । सह निर्माताहरूमा शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल छन् ।

फिल्मका डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री, मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, सम्पादक विकास दाहाल, कोरियोग्राफर प्रवीण सिंह र रोशन विश्वकर्मा, द्वन्द्व निर्देशक हिमाल केसी, पोस्टर डिजाइनर राकेश दाहाल रहेका छन् । नेपालमा फागुन २३ गते प्रदर्शन हुने ‘होस्टेल ३’ सोही मितिमा नेपाल बाहिरका विभिन्न देशहरूमा पनि रिलिज गर्ने तयारीमा छ भने नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स रहेका छन् ।

अगाडिकाे पाेस्ट

गायिका एलिना चौहानले गरिन् पति विष्णुसँग सम्बन्धविच्छेदको मुद्धा दायर

अर्काे पाेस्ट

‘मेरो जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु, वहाँलाई नराम्रो नभन्दिनुस्’- एलिना चौहान

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana