इटहरी/ यहि शुक्रवारदेखी प्रदर्शन हुने बहुप्रतिक्षित दक्षिण भारतिय फिल्म आदिपुरुष प्रदर्शनको संघारमै आइपुगेपछी विवादमा मुछिएको छ । नेपालमा प्रदर्शनका लागी झमेला आईपरेको छ । फिल्ममा राखिएको ‘जानकी भारतिय छोरी हुन्’ भन्ने संम्वादका कारण नेपालमा सेन्सर पास हुन सकेको थिएन । अन्ततः नेपालमा त्यो सम्वाद काटिने भएपछी सेन्सर फुकुवा भयो । तर, भारतमा भने उक्त सम्वाद यथावत बताईएको छ ।
भारत प्रदर्शनमा यो सम्वाद यथावत रहने भएपछि काठमाडौ महानगरपालिका मेयर बालेन शाहले भारतमा समेत सो सम्वाद सुधारिदैन भने काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने अभिव्यक्ति दिएका छन् । बिहिवार आदिपुरुषको एक पोस्टर सहित मेयर शाहले फेसबुकमा यस्तो लेखेका छन् ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
Discussion about this post