इटहरी/ बहुप्रतिक्षित दक्षिण भारतिय फिल्म ‘आदिपुरुष’ संम्वाद विवाद भएपछी आज शुक्रबार नेपालमा प्रदर्शन अन्यौल भयो । काठमाडौका धेरै जसो सिनेमाहलमा प्रदर्शनमा प्रभाव पर्यो भने काठमाडौ बाहिरका हलहरुमा भने प्रदर्शन भएको जानकारी छ । यता काठमाडौका मेयर बालेन शाहको अभिव्यक्ति पछि चर्को विवाद र आलोचना भएका कारण निर्माताले उक्त संम्वाद हटाएको खबर बाहिरिएको छ ।
भारतीय अखबार टाइम्स नाओ हिन्दीका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको कारण ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संम्वाद हटाईएको जनाएको छ भने सो संम्वाद हटाईनुमा मेयरको बालेनको चेतावनीको पनि प्रभाव देखिन्छ । तर, उक्त संम्वाद नेपालमा वा विश्वभर हटाइएको हो भन्नेबारे खुलाईएको छैन । नेपालमा प्रदर्शन अगाडि सेन्सर पासमा पनि रोक लगाईएको थियो । उक्त संम्वाद भएका कारण देखाउदै सेन्सर बोर्डले सेन्सर रोकेको थियो । त्यसपश्चात् उक्त संम्वादमा साउन्ड म्युट गरेपछि सेन्सर पासको अनुमति पाएको थियो ।
सेन्सर पास भएपनि काठमाडौ मेयर बालेन शाहले भारत प्रदर्शनमा समेत उक्त संम्वाद नहटाए काठमाडौमा कुनै हिन्दी फिल्म चल्न नदिने चेतावनी सहितको स्ट्याटस फेसबुकमा राखेपछि क्षणभरमै तरङ्ग पैदा भएको थियो । उनले संम्वाद हटाउनलाई ३ दिने अल्टिमेटम समेत दिएका थिए । उनको यो कार्यलाई सारा नेपाली तथा चलचित्र क्षेत्रका हस्तिहरुले समर्थन गरेका छन् । यता सिनेमा हलहरुले पनि सुचना नै निकाल्दै आदिपुरुष प्रदर्शन गर्न असमर्थ रहेको जनाएको छ । क्युएफएक्स सिनेमाले असुरक्षाको कारण देखाउँदै काठमाडौंमा उक्त फिल्मको बिहानी प्रदर्शन रोकेको छ ।
Discussion about this post