इटहरी/ पूर्व मिस नेपाल तथा चर्चित अभिनेत्री मलिना जोशीले धर्मकर्मप्रतिको गहिरो आस्था प्रकट गर्दै १४४ वर्षपछि आयोजित महाकुम्भ मेलामा सहभागिता जनाएकी छन् । प्रयागराजको त्रिवेणीमा पवित्र डुबुल्की मार्दै गरिएको उनको पूजाआराधनाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तस्वीरमा मलिनालाई नदीमा आराधना गरिरहेको देख्न सकिन्छ, जसले धार्मिक क्षणको गाम्भीर्यता झल्काउँछ । धर्मपरायणताको प्रतीक मानिएको महाकुम्भ मेलामा सहभागी भएर मलिनाले आफ्नो आस्थालाई थप उजागर गरेकी छन् ।
























Discussion about this post