इटहरी/ विभिन्न जनराका सफल फिल्महरू निर्देशन गर्दै आफूलाई अब्बल निर्देशकको रूपमा स्थापित गरिसकेका निर्देशक मिलन चाम्सले प्रेमकथामा आधारित रहेर नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्म राजीव थापाको लेखनमा तयार हुनेछ ।
निर्माण टिमका अनुसार फिल्मको टाइटल अर्को साता सार्वजनिक गरिनेछ । आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन गरिने यस फिल्मका कलाकार र प्राविधिक टिमको छनोट प्रक्रिया हाल चलिरहेको छ ।

चाम्सले यसअघि ‘बिर बिक्रम,’ ‘लिली बिली,’ ‘ब्लाइण्ड रक्स,’ ‘गोर्खा वारियर,’ र ‘बबी’ जस्ता फरक धारका फिल्महरू निर्देशन गरेका थिए । उनीद्वारा निर्देशित नयाँ फिल्म ‘अञ्जिला’ भने फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।












Discussion about this post