इटहरी/ नेपाली फिल्म ‘डोरी’ले आफ्ना मुख्य पात्रहरूलाई केन्द्रमा राख्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ, जसले फिल्मको कथावस्तुको गहिराइ झल्काउँछ । चैत्र १५ मा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मको पोस्टरले दर्शकलाई फिल्मप्रति थप चासो राख्न यो पसोतराले प्रेरित गरेको छ ।
पोस्टरमा अभिनेत्री अञ्जना बराइलीलाई परम्परागत पोसाकमा मुस्कानसहित प्रस्तुत गरिएको छ, जुन फिल्मको सांस्कृतिक पृष्ठभूमिको प्रमुख प्रतीक बनेको छ । यसबाहेक, प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, राज पौडेल, कविता आले, नूतन र राज थापालाई विविध अवतारमा देखाइएको छ, जसले कथावस्तुको बहुपक्षीयतामाथि प्रकाश पार्छ ।

फिल्मको लेखन र निर्देशन अरुण लामाले गरेका हुन् भने निर्माता दिनेश भट्टराई र कार्यकारी निर्माता राज थापा रहेका छन् । पोस्टर डिजाइन विजय बस्यालको सिर्जनात्मकता हो, जसले फिल्मको भावनात्मक पक्षलाई चित्रण गर्न सफल देखिन्छ । यस फिल्ममा संगीत राजनराज सिवाकोटीको रहेको छ । निर्देशक लामाका अनुसार ‘डोरी’ ले कथाको नवीनता र गहिराइमार्फत दर्शकलाई नयाँ अनुभव दिनेछ ।












Discussion about this post