इटहरी/ बालबालिकाको मानसिक अवस्थालाई पारिवारिक झगडाको प्रभावले कसरी बदल्न सक्छ भन्ने संवेदनशील विषयलाई उठान गर्दै फिल्म ‘सारंग’को ट्रेलर सार्वजनिक गरिएको छ । ऋचा शर्माको मुख्य भूमिकामा बनेको यो फिल्मको २ मिनेट २३ सेकेन्डको ट्रेलरले गहिरो कथावस्तु र जीवन्त चरित्र चित्रणको झल्को दिएको छ ।
फिल्ममा ऋचा शर्मा आमाको भूमिकामा देखिएकी छन् । साथै, सम्राट थापा र आदित्य कार्कीजस्ता बालकलाकारहरूको सशक्त अभिनयले दर्शकको ध्यान तानेको छ । प्रशान्त तामाङको निर्देशन र पटकथा लेखन रहेको फिल्ममा उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ । हेर्नुस् ट्रेलर ।
माघ २५ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् भने पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माताको रूपमा रहेका छन् । शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डि गुरुङको सम्पादन फिल्ममा रहेको छ । यस फिल्मले पारिवारिक मुद्धालाई केन्द्रमा राख्दै दर्शकको हृदय छुने विश्वास गरिएको छ ।












Discussion about this post