इटहरी/ आउँदो फागुन ९ गते प्रदर्शमा आउने फिल्म ‘तान्डवम्’को टिजर शुक्रबार सार्वजनिक गरिएको छ । ५७ सेकेन्डको टिजरले डार्क थिमलाई आत्मसात् गर्दै फिल्मको कथालाई कौतुहलपूर्ण ढंगले प्रस्तुत गरेको छ । सार्वजनीक टिजरको सुरुवात मुख्य कलाकार अंकित खड्काको संवादबाट हुन्छ भने अभिनेता तथा निर्देशक जुनिम गहतराजको दमदार संवाद ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’सँग टिजरको अन्त्य गरिएको छ ।
यसले दर्शकमाझ थप जिज्ञासा सिर्जना गरेको छ । फिल्ममा अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतका क्रममा भोग्ने अप्रत्याशित घटनाक्रमलाई पारिवारिक तथा एक्सन थ्रिलर शैलीमा प्रस्तुत गरिएको छ । हेर्नुस् टिजर ।
सिंहदेवी प्रोडक्सन र भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक समावेश गरिएको छ ।
कथा, पटकथा, तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।












Discussion about this post