Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फागुन १४ गते रिलिज हुने ‘लाज शरणम्’को पोस्टर, सीताराम कट्टेल ‘धुर्मुस’को गेटअप चर्चामा

✍ सुवास संकल्प
माघ १२, २०८१ मा प्रकाशित
फागुन १४ गते रिलिज हुने ‘लाज शरणम्’को पोस्टर, सीताराम कट्टेल ‘धुर्मुस’को गेटअप चर्चामा

इटहरी/ नेपाली फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएसँगै अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’को अनौठो गेटअपले दर्शकको ध्यान तानेको छ । दौरा-सुरुवाल र ज्वारीकोटमा सजिएर नेताको भूमिकामा देखिएका कट्टेलले अभिवादन गरिरहेको दृश्यले उनको राजनीतिक चरित्रलाई झल्काएको छ ।

सार्वजनीक पोस्टरमा मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपालजस्ता कलाकारहरूलाई प्रस्तुत गरिएको छ । साथै, कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो सामाजिक कथावस्तु दर्शाएको छ । ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको फिल्म हो ।

अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायत कलाकारहरूको अभिनय रहेको यो फिल्म फागुन १४ गते महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने भएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको यस फिल्ममा रेणु योगी, विजय लामा, माला लिम्बुलगायत कलाकारहरूले पनि अभिनय गरेका छन् ।

फिल्मको निर्माण जेपिटी क्रियसनको ब्यानरमा भएको हो । निर्माता नवीन श्रेष्ठ, सह-निर्माता राम नरेश शाह र सृजना खड्काले फिल्मलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनन् । सुदीप बरालले छायांकन गरेको यो फिल्मलाई यस वर्षको प्रतिक्षित नेपाली फिल्ममध्ये एक मानिएको छ । राजनीतिक, सामाजिक र हास्य तत्वको मिश्रण रहेको ‘लाज शरणम्’ ले दर्शकलाई भावनात्मक र मनोरञ्जनात्मक महसुस गराउने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘पहिचान’मा अभिनेत्री करिष्मा मानन्धर मुख्य भुमिकामा अनुबन्ध

अर्काे पाेस्ट

फागुन ९ गते रिलिज हुने ‘तान्डवम्’को टिजर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सेलेब्रेटिहरुको एआई प्रविधिबाट बनेका तस्विरको वास्तविकता के हो ? (भिडियो कुराकानी)
अन्तरवार्ता

सेलेब्रेटिहरुको एआई प्रविधिबाट बनेका तस्विरको वास्तविकता के हो ? (भिडियो कुराकानी)

✍ परिकला न्यूज
असार २५, २०८० मा प्रकाशित
0

...

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana