Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘पहिचान’मा अभिनेत्री करिष्मा मानन्धर मुख्य भुमिकामा अनुबन्ध

✍ सुवास संकल्प
माघ ११, २०८१ मा प्रकाशित
फिल्म ‘पहिचान’मा अभिनेत्री करिष्मा मानन्धर मुख्य भुमिकामा अनुबन्ध

इटहरी/ भीम लामाको निर्देशन रहने फिल्म ‘पहिचान’मा पुराना अभिनेत्री करिश्मा मानन्धरको इन्ट्री भएको छ । आज शुक्रबार काठमाण्डौमा निर्देशक लामाले करिश्मा मानन्धरसँग कागजी सम्झौता गरेका छन् । यस्तै, उनले कलाकार रोशन शर्मासँग पनि सम्झौता गरेका छन् । कोशी प्रदेशको इटहरीलाई कर्मथलो बनाएर लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा लामाले योगदान दिइरहेका छन् ।

यही फिल्मबाट एक समयका लोकप्रिय अभिनेता धिरेन शाक्यले नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनलाई केही साताअघि लामाले कागजी सम्झौता गरिसकेका छन् भने वरिष्ठ अभिनेता प्रेम सुब्बालाई समेत प्रमुख भूमिकाको लागि कागजी सम्झौता गरिएको छ । फिल्ममा नृत्य निर्देशकको रूपमा मणि कुमार लिम्बु र सानुराजा थेगिम लिम्बुलाई अनुबन्ध गरिएको छ । यस्तै, यही फिल्मका लागि निर्देशक लामाले चर्चित खलनायक तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि हालै अनुबन्ध गरेका छन् ।

अन्य कलाकारहरूलाई समेत निरन्तर अनुबन्ध गर्दै जाने निर्देशक लामाको योजना रहेको छ । नेपाली समाजमा जातीय पहिचानको महत्त्वपूर्ण विषयवस्तु उठान गर्दै ‘पहिचान’ निर्माण गर्न लागेका भिम लामाले यसअघि स्थानीय तामाङ जातिको संस्कृति र परम्परालाई समेटेर ‘लीलामे माइला’ निर्देशन गरेका थिए । यस्तै, उनले २०६६ सालमा ‘माटो’ निर्माण गरेका थिए, जसमा महानायक राजेश हमालको अभिनय रहेको थियो । साथै, ‘नासो’, ‘गोल’ र ‘फेक फ्रेण्ड’ जस्ता फिल्म लामाले यसअघि निर्माण तथा निर्देशन गरिसकेका छन् ।

१ करोड लागत लाग्ने यो फिल्म ‘पहिचान’ लाई फागुन १८ गतेबाट कोशी प्रदेशको विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिने लामाको योजना रहेको छ । यो फिल्ममा करिश्मा, धिरेन, राजेन्द्र, प्रेम, रोशनसँगै रामजी बिष्ट, छिरिङ लामा, बिरु लामा, गङ्गा कुवर, दिलु सुब्बा, नव नायिका जेनि तामाङ, शर्मिला राईको समेत अभिनय रहने छ । फिल्मका लागि आवश्यक अन्य कलाकारहरू समेत छनोट प्रक्रियामा रहेको निर्देशक लामाको भनाइ छ । फिल्मको निर्माण टोलीमा भिम लामासहित रामजी विष्ट, छिरिङ लामा र उमेश तामाङ (रोमियो लामा) रहेका छन् । निर्देशक लामाका अनुसार फिल्मले जातीय पहिचानका विविध पक्षहरू उजागर गर्दै समाजमा सकारात्मक सन्देश दिने लक्ष्य राखेको छ ।

अगाडिकाे पाेस्ट

आगामी फिल्ममा अवसर दिने उद्देश्यसहित फिल्म ‘एक्टर: टेक वान’ले नयाँ कलाकार खोज्दै

अर्काे पाेस्ट

फागुन १४ गते रिलिज हुने ‘लाज शरणम्’को पोस्टर, सीताराम कट्टेल ‘धुर्मुस’को गेटअप चर्चामा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana