इटहरी/ चर्चित गायिका मेलिना राईले आफ्नो जीवनको नयाँ अध्याय सुरू गर्दै शुक्रबार ध्रुव गुरूङसँग वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । उनीहरूको विवाह काठमाडौँको गोकर्णेश्वरस्थित एक रिसोर्टमा परिवार, आफन्त र सीमित साथीभाइहरूको उपस्थितिमा सम्पन्न भएको हो । यता सामाजिक सञ्जालमा अर्को पनि चर्चा सुरु भएको छ ।
त्यो हो, उनले लगभग साढे २ वर्षअघि आफू संजीव बराईलिसंग सम्बन्धमा रहेको सामाजिक सञ्जालबाटै दुईजनाको तस्वीर सहित खुलाएकी थिइन् । यो कुरा सञ्जीवले समेत फेसबुक ‘नयाँ यात्राको सुरुवातका लागि’ भन्दै लेखेका थिए । यी २ को इन्गेजमेन्ट समेत भइसकेको थियो । तर त्यसपछि आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको भन्दै मेलिनाले यो सम्बन्धलाई अन्त्य गरेको सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

अहिले उनले संजीवसँग इन्गेजमेन्ट तोडेको साढे २ वर्षको अन्तरालमा गुरुङसंग विवाह गरेकी हुन् । मेलिना राई नेपाली संगीत क्षेत्रकी एक प्रसिद्ध गायिका हुन् । युट्युबमा सर्वाधिक हेरिएको गीत ‘कुटुमा कुटु’ सहित उनका स्वरमा दर्जनौं गीतहरू सुपरहिट भएका छन् । यस्तै, मेलिना कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ पनि आजैदेखि प्रसारणमा आएको छ ।












Discussion about this post