इटहरी/ दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दुखी आत्मा’ आगामी फागुन २ गते अर्थात् प्रेम दिवसको अवसरमा सार्वजनिक हुँदैछ । दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकहरूमा चासो बढेको छ । सार्वजनीक टिजरमा दयाहाङलाई रोमान्टिक पात्रका साथै गहिरो पीडामा रहेका व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ ।
यस्तै टिजरमा आँचल शर्माले आफ्नो बोल्ड अभिनय र द्वीअर्थी संवादहरू मार्फत दर्शकलाई आकर्षित गरेकी छिन् । फिल्ममा एडल्ट कथा समावेश छ भन्ने टिजरले पुष्टि गरेको छ । यो फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर र शिशिर बाङ्देलजस्ता कलाकारहरूको समेत अभिनय रहेको छ । हेर्नुस् टिजर ।
हिमाल कडरियाको लगानीमा क्लक वर्क क्रियशनले निर्माण गरेको यस फिल्मको छायाङ्कन आलोक शुक्लाले गरेका हुन् भने सम्पादनको जिम्मेवारी निमेष श्रेष्ठले निभाएका छन् । रोचक कथा, सशक्त कलाकारहरूको अभिनय र उत्कृष्ट प्राविधिक पक्षका कारण ‘दुखी आत्मा’ प्रेम दिवसमा विशेष चासोको केन्द्र बन्ने अनुमान गरिएको छ ।














Discussion about this post