इटहरी/ लोकप्रिय लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंको गोंगबुमा ४ करोड रुपैयाँको घर किनेकी छिन् । हालै मात्र नयाँ बनेको उक्त घर उनले गोंगबुको गणेशस्थानमा खरिद गरेकी हुन् । २०६४ सालमा सांगीतिक क्षेत्रमा भविष्य खोज्दै काठमाडौं आएकी शान्तिश्रीले संघर्षको कठिन यात्राबाट यो उपलब्धि हासिल गरेकी हुन् ।
धादिङमा गिट्टी कुट्ने जस्तो कठोर कामसमेत गरिसकेकी शान्तिश्रीले आफ्नो मेहनतको माध्यमबाट सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइन् । उनले २०६८ सालमा नारायण भुजेलसँग विवाह गरेकी थिइन्, जो हाल एक एनजिओमा कार्यरत छन् । यो जोडीको चार वर्षकी एक छोरी पनि छिन् ।
सांगीतिक करियरमा थुप्रै हिट गीत दिएकी शान्तिश्री परियारको जीवनयात्रा संघर्ष, मेहनत र सफलताको प्रेरणादायी कथा हो । अहिले उनी आफ्नै घरकी धनी बनेपछि उनको यात्रा अझ प्रेरणादायी बनेको छ ।














Discussion about this post