इटहरी/ नेपालको फिल्म क्षेत्रमा फरक र आधुनिक शैलीको फिल्म निर्माण गर्ने उद्देश्यसहित निर्देशक राज रोय कर्माकरले आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘राक्षस’ घोषणा गरेका छन् । मुम्बईस्थित इशा फिल्म्स एण्ड टेलिभिजन एकेडेमीमा तीन वर्षसम्म प्राविधिक प्रमुख र प्रशिक्षकको रूपमा काम गरिसकेका कर्माकरले अब नेपालमै आफ्नै पहिचान बनाउन ‘राक्षस’ निर्देशन गर्न लागेका हुन् ।
आईतवार काठमाण्डौ चाबहिलस्थित गणेशथान मन्दिरमा शुभ मुहूर्त गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको ‘राक्षस’को केही पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बुद्धी तामाङ, रवीन्द्र झा, अभांश कुमार, अम्बिका तामाङ, एलिना गुरुङ, विनोद सिग्देल, सविता रेग्मी र अनिल कुर्मी लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक कर्माकरका अनुसार फिल्मले नेपाली दर्शकलाई नयाँ र भिन्न स्वाद दिनेछ । लामो समयदेखि तयारीमा रहेको यो फिल्म आज सोमबारदेखि छायाङ्कनमा निस्किएको छ । छायांकनको जिम्मा रणधीर श्रेष्ठले सम्हाल्ने छन् भने स्टन्ट निर्देशन राजु तामाङले गर्नेछन् । निर्देशकले ‘राक्षस’लाई प्रविधि, प्रस्तुति र कथामा अन्य नेपाली फिल्मभन्दा पृथक बनाउन सक्दो मेहनत गरिरहेको बताए ।


















Discussion about this post