इटहरी/ फिल्म जुनाको दोश्रो पोष्टर सार्वजनीक भएको छ । नेपाली समाजमा व्याप्त बाल विवाह, अनमेल विवाह, महिला हिंसा, बहुविवाह र छाउपडीजस्ता कुप्रथालाई केन्द्रमा राख्दै निर्माण गरिएको यो फिल्म ‘जुनाः एक व्यथा’ माघ २५ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउँदैछ । निर्देशक जीवन सेञ्चुरीको निर्देशनमा निर्मित यो फिल्मले बाल विवाह र महिला हिंसाको अन्त्यका लागि सशक्त सन्देश दिन खोजेको छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण गरिएको फिल्मलाई सामाजिक न्याय र समानताको अभियानको रूपमा प्रस्तुत गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा मुख्य पात्रहरू अस्मिता ढकाल र कृष्णप्रसाद धिताल लाई गहिरो भावमा प्रस्तुत गरिएको छ । विवाहित अस्मिता काखमा बच्चा लिएर टोलाएको अवस्थामा देखिएकी छन् भने कृष्णको क्रोधित मुद्राले गम्भीर परिस्थितिको संकेत गर्छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।

यो फिल्ममा देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको पनि अभिनय रहेको छ । निर्देशक सेञ्चुरीले बाल विवाह सामाजिक अपराध भएको भन्दै यो फिल्मले सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने सरकारको लक्ष्यलाई साथ दिने उल्लेख गरे । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यस फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । कथामा राजबहादुर सानेको लेखन, संगीतमा बीबी अनुरागी र रमेश सेञ्चुरी रहेका छन् । यो फिल्मलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, सांसद, लेखक र समालोचकहरूले हेरिसकेका छन् । समाजमा गहिरो प्रभाव पार्ने फिल्मको रूपमा यसलाई प्रशंसा गरिएको छ ।














Discussion about this post