इटहरी/ आउँदो माघ ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को गीत ‘सपनिमा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनीक गीतलाई इन्दिरा जोशी र करण परियारले गाएका छन् । करुण थापाले शब्द र संगीत भरेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् भने रेकर्डिङको जिम्मा दिल समर्पण र राजा बाबुले लिएका छन् ।
प्रकाश मिश्राले मिक्सिङ गरेका यस गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । सृष्टि श्रेष्ठ र नाजिर हुसेनलाई यो गीतको भिडियोमा रोमान्टिक किस्साहरुका साथ प्रस्तुत गरिएको छ । नाजिरले देखेको सपनामा बुनिएको यो गीतको भिडियोका सिनहरु प्रेमील छन् । हेर्नुस् भिडियो ।
निर्देशक दीपेन्द्र गौचनले तीन दशकपछि निर्देशनमा फर्केर मधेशी र पहाडी समुदायबीचको भावनात्मक सम्बन्धमा आधारित बनाएर यो फिल्म “मिसिङ्ग केटी हराएको सूचना” को मार्फत कथा पर्दामा प्रस्तुत गर्दैछन् । ट्राई-सिटी पिक्चर्सको ब्यानरमा बनेको यो फिल्मले यसअघि ‘पूर्णबहादुरको सारङ्गी’को प्रभावका कारण प्रदर्शन स्थगित गर्नुपरेको थियो ।
यो फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललिता देवी मिश्र, रुपेश मण्डललगायत कलाकारको समेत अभिनय रहेको छ । मनकृष्ण महर्जनको छायांकन, निसा राजभण्डारी र बन्दे प्रसादको सम्पादन तथा रंग संयोजन यो फिल्ममा रहेको छ । एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनको निर्माण कम्पनीबाट निर्माण भएको यो फिल्मले दर्शकहरूलाई फरक स्वाद दिन सक्ने अनुमान गरिएको छ ।














Discussion about this post