इटहरी/ अभिनेता पल शाह अभिनित फिल्म ‘मायावी’को प्रचारमा थप मद्धत पुर्याउने उद्देश्यले ‘त्यो माया हो’ सार्वजनीक गरिएको छ । यो गीतको भिडियोलाई अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर सार्वजनीक गरिएको हो । गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर रहेको छ भने राम अबिरल बिष्टले यो गीत लेखेका हुन् । गीतमा संगीत एसडी योगीकै रहेको छ । यसमा संगीत संयोजन रिकेश गुरुङले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
सार्वजनीक गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईंको प्रेमील किस्साहरुलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । फाल्गुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउने ‘मायावी’ मा पाउल शाह र दीपिका प्रसाईको अलावा प्रसान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । हेर्नुस् भिडियो ।
यो फिल्म मार्फत नयाँ अभिनेता सामिम खानलाई पनि दर्शकमाझ प्रस्तुत गरिएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको भूमिकामा छन् । कार्यकारी निर्माता प्रविण भट्टराई र करण सिंह रहेका छन् भने सह-निर्माता मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली रहेका छन् । फिल्मको छायांकन राजु विक्रम थापाले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।














Discussion about this post