इटहरी/ माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को स्याड भर्सनको गीत ‘अलमल जिन्दगी’ सार्वजनिक भएको छ । प्रशान्त शिवाकोटीको स्वर, शब्द र संगीतमा तयार यो गीतमा रिजोल पोखरेलले संगीत संयोजन गरेका छन् । यसअघि प्रशान्त शिवाकोटीले स्वर र संगीत दिएको ‘पूर्ण बहादुरको सारंगी’का गीतहरूले दर्शक-श्रोताको मन जित्न सफल भएका थिए ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई मनोजकुमार अधिकारीले निर्माण गरेका छन्, भने नितिश पुन सह-निर्माताका रूपमा जोडिएका छन् । अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ जस्ता फिल्म निर्माण र अभिनय गरेका थिए । नेपाली हरर कमेडी फिल्मको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै उनले ‘फिरफिरे फिरिरी’ निर्माण गरेका हुन् । हेर्नुस् भिडियो ।
सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखनमा तयार फिल्ममा सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । नविन भट्टको निर्देशनमा बनेको यो फिल्मबाट उनले पनि निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका प्राविधिक पक्षमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ । फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ भने यसको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।












Discussion about this post