इटहरी/ गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द तथा संगीतमा तयार यस गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन् भने मिक्सिङ र मास्टरिङ देबेश राईले गरेका छन् । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करणले यस गीतमार्फत प्रेम र वियोगको गहिरो कथा प्रस्तुत गरेका छन् ।
गीतसँगै सार्वजनिक भएको म्युजिक भिडियोले दर्शकलाई भावुक बनाउन सक्छ । शान थापाको निर्देशनमा तयार भएको भिडियो गायक करणकै कन्सेप्टमा आधारित छ । भिडियोमा कुलतमा फसेकी प्रेमिकासँगको प्रेमले ल्याएको दुख र स्वार्थलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । हेर्नुस् भिडियो ।
भिडियोमा करण र मोडल कृशला तामाङको अभिनय देख्न सकिन्छ । भिडियोको कथाअनुसार करणले आफ्नो लामो डेडलक कपाल मुण्डन समेत गरेका छन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन विवेक सुनारले गरेका छन् भने सुप्रिम पराजुलीले कलर गरेका छन् । यो मर्मस्पर्शी गीत तथा भिडियो गायक करण राईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।












Discussion about this post