इटहरी/ नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूले शनिवार बेलुकी राजधानीमा आयोजित ग्ल्याम नेपाल इन्टरनेशनलको चौथो संस्करणमा आफ्नो उपस्थिति जनाएर फेसन शोलाई झनै भव्य बनाएका छन् । अभिनेता प्रदीप खड्का, अभिनेत्रीहरु आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के जस्ता चर्चित कलाकारहरूले र्याम्पमा उत्रिएर दर्शकहरूलाईको ध्यान आकर्षित गरेका छन् ।
काठमाडौको दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजित उक्त फेसन शोमा विभिन्न डिजाइनरहरूका आकर्षक र नवीनतम पहिरनहरू प्रस्तुत गरिएका थिए । स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुस् क्रियसन, वेरा बाई जारा, राजन शाह जस्ता चर्चित डिजाइनरहरूका डिजाईनहरुले फेसन प्रेमीहरूको मन जितेको छ ।

फेसन शोमा कलाकारहरू मात्र होइन, अन्य ३० जना मोडलहरूले पनि विभिन्न आकर्षक पहिरनहरूमा र्याम्प वाक गरेर शोलाई अझै आकर्षक बनाएका थिए । प्रारम्भ प्रोडक्सनको आयोजनामा भएको यस फेसन शोको मुख्य उद्देश्य नेपाली फेसन उद्योगलाई प्रवर्द्धन गर्नु र नयाँ डिजाइनरहरूलाई अवसर प्रदान गर्नु रहेको आयोजक पवन आचार्यले बताए । करिब तीन घण्टा चलेको फेसन शोमा कलाकार, व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।























Discussion about this post