Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा सौगातसहित ‘बम बहादुर’को प्रेस भेटघाट, यो फिल्मको यहाँ प्रिमियर गरिने

✍ सुवास संकल्प
मंसिर ३०, २०८१ मा प्रकाशित
इटहरीमा सौगातसहित ‘बम बहादुर’को प्रेस भेटघाट, यो फिल्मको यहाँ प्रिमियर गरिने

इटहरी/ प्रदर्शनको संघारमा आइपुगेको नेपाली फिल्म ‘बम बहादुर’को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । यो फिल्मको दार्जीलिङमा प्रिमियर पश्चात् नेपालमा पहिलो पटक इटहरीमा पत्रकार सम्मेलन गरिएको हो । सन् १९८६ को दशकमा भारतको दार्जिलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संघर्षका कथालाई समेटेर तयार पारिएको यो फिल्म बम बहादुर नेपाल र भारतमा पौष ५ गतेदेखी एकै साथ रिलिज हुने तयारीमा छ ।

चलचित्रको विषयमा जानकारी गराउने उद्देशसहित इटहरीको फुडशाला क्याफेमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य पात्र बम बहादुरले चार दशक अघि भोगेको संघर्षले वर्तमानमा पारेको प्रभावको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी गराइयो । पत्रकार सम्मेलनमा सुनसरीको इटहरी र धरानसंगै मोरङको बिराटनगर तथा सुन्दरहरैँचाका सक्रिय पत्रकारहरुसहित झापा र काठमाडौ तथा दार्जीलिङका पत्रकारहरुको समेत उपस्थिति बाक्लो रहेको थियो ।

पत्रकार सम्मेलनमा फिल्मका तर्फबाट निर्माता सञ्जीव सार्की, निर्देशक जोन राई, प्रमुख अभिनेता सौगात मल्ल, अभिनेत्रीहरु अनिशा रसाइली, शान्तिला तामाङ लगायतको उपस्थिति रहेको थियो । फिल्मका लेखक तथा निर्देशक राईले यो फिल्म बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । यस्तै उनले “भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ ।” भन्ने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘बम बहादुर’ स्क्रिप्ट पढ्दा आफ्नै कथा जस्तो महसुस गरेको बताए । त्यसैले पनि यो फिल्ममा काम गर्नलाई धेरै सोच्न नपरेको मल्लले भने । यस्तै उनले आफ्नो क्यारेक्टर रोचक रहेको र सायदै आफुले यस्तो पात्रमा पहिलो पटक काम गरेको उनको भनाई थियो । यो फिल्मकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो फिल्मले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् भने पत्रकार सम्मेलनमा उपस्थित अर्कि अभिनेत्री शान्तिला तामाङले यो फिल्मबाट आफूले ठूलो आशा गरेको सुनाईन् । सबै नेपालीको मन छुने कथा रहेको उनको तर्क थियो ।

सार्वजनिक प्रदर्शनअघि यो फिल्मको इटहरीमा प्रिमियर पनि गरिने भएको छ । निर्माण युनिटले केही दिनमै यसको जानकारी गराउने बताईएको छ । यसअघि यो फिल्मको दार्जीलिङमा प्रिमियर गरिएको थियो । बिष्ट ब्रोदर्स फिल्मसको प्रस्तुति तथा ओख्ली ढिक्की प्रोडक्सनको सहयोगमा निर्माण ‘बम बहादुर’ निर्माण भएको हो । इटहरीको पत्रकार सम्मेलनमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, महासचिव दिनेश कोइराला, फिल्म निर्माता तथा निर्देशक लाखमान योन्जन र निर्देशक प्रकाश सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो । यो फिल्ममा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास लगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ । यो फिल्मको कथा तथा स्क्रीनप्ले जोन राई र रुपेश तामाङले तयार गरेका हुन् ।

अगाडिकाे पाेस्ट

दशैँको फुलपातीलाई रिलिज मिति तय गर्दै ‘दशमी’को घोषणा

अर्काे पाेस्ट

र्‍याम्पमा उत्रिए प्रदीपसंगै आँचल, साम्राज्ञी, मिरुना र शिल्पा (तस्वीरसहित)

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
चलचित्र

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

✍ adminIT
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana