इटहरी/ लोकप्रिय हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री उपासनासिंह ठकुरी र कलाकार बुद्धि तामाङ फिल्म ‘माईतीघर’ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । पारिवारिक कथा भित्रको सम्बन्ध र संवेदनालाई मार्मिक शैलीमा प्रस्तुत गरिने भएको छ । यसैले फिल्ममा केही कसुर बाकी नराख्न सुरुदेखी नै मेहनतका साथ फिल्म ‘माइतीघर’को तयारी तीव्र गतिमा अघि बढिरहेको यसका निर्माता रोहित अधिकारीले बताए । यो फिल्मका लागी अर्का लोकप्रिय अभिनेता धिरज मगरलाइ पनि प्रस्ताव गरिएको छ ।
तर, उनलाई भने हालसम्म औपचारिक सम्झौता गर्न बाँकी रहेको बताईएको छ । निर्माता अधिकारीले यो फिल्मको प्रचारप्रसार बजेट मात्रै १ करोड घोषणा गरेका छन् । यो फिल्मलाई निर्देशक मिलन तामाङले निर्देशन गर्ने भएका छन् । निर्देशक तामाङले यहि फिल्मबाट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । १९६६ को १६ डिसेम्बरमा प्रदर्शन भएको नेपालमा प्रदर्शन भएको तेश्रो फिल्म ‘माईतिघर’बाट यो फिल्मको नाम सापटी लिइएको छ । यतिमात्र हैन, सो फिल्मको शिर्ष गीतलाई समेत निर्मात अधिकारीले यो फिल्म ‘माईतीघर’मा समावेश गर्ने भएका छन् ।
यो फिल्मको छायांकन काठमाडौ, शैलुङ र काभ्रेमा आगामी फागुन तथा चौतबाट सुरु गरिनेछ भने २०८२ सालको दशैँमा प्रदर्शन गरिने निर्माण युनिटको योजना रहेको छ । निर्माता रोहितले यसअघि व्यापारिक रुपमा सफल भएको फिल्महरु ‘गाजुल’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ निर्माण गरिसकेका छन् । उनी फिल्म निर्माणमा लोकप्रिय निर्माता समेत हुन् । यो फिल्म ‘माइतीघर’को सह-निर्माता रविन शेरचन र धीरज तामाङ रहेका छन् । यस्तै इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माताको रूपमा रहनेछन् ।














Discussion about this post