इटहरी/ विशेषगरी धरानमा छायांकन गरिएको र धरान उपमहानगरपालिकाका लोकप्रिय मेयर हर्क साम्पाङको समेत अभिनय रहेको भनेर चर्चा पिटिएको फिल्म ‘खजुरे ब्रो’ ले युट्युबमा समेत दर्शक तान्न सकेको छैन् । यो फिल्म गएको बैशाख ३० गते सार्वजनिक प्रदर्शनमा आएको थियो । धरानमा ग्राण्ड प्रिमियर पनि गरियो । तर, सिनेमा हलमा रिलिजको भोलिपल्ट देखी नै बेखबर बन्न थालेको यो फिल्मले निर्माताको गोजि मात्रै रित्यायो ।
युट्युबबाट त पक्कै निर्माताको आश थियो । तर, यहाँ पनि निर्माता फेल खाए । यो फिल्ममा हर्क साम्पाङको भुमिका भने खासै छैन । फिल्मको अन्त्यमा एउटा औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा देखिन्छ । तर, उनको डाइलोग भने छैन । नेतृत्वकर्ताहरु सामेल भएको फिल्म नचलेको उदाहरण ‘नमेटीने घाउ’ पनि हो । यस्तै भयो ‘खजुरे ब्रो’ पनि ।

हल रिलिजको ७ महिनामै युट्युबमा सार्वजनिक भएको पनि ५ दिन भैसक्यो । यो पूरा फिल्मले यो समाचार तयार गर्दासम्म जम्मा २ लाख ६५ हजारको पेरिफेरीमा भ्युज बटुल्न सफल भएको छ । यसअघि सार्वजनिक भएका प्राय: फिल्महरुले यति भ्युज ल्याउन एक दिन पनि कुर्न पर्दैन थियो । यी २ लाख ६५ हजार भ्युअर्सले पूरा फिल्म हेर्यो भन्ने ठोकुवा पनि गर्न सकिन्न ।
युट्युबमा सार्वजनिक यो फिल्म ‘खजुरे ब्रो’लाई ३ सयले कमेन्ट गरेका छन् भने ७ हजार ८ सयले लाईक गरेका छन् । ‘खजुरे ब्रो’ ब्युटी प्याजेन्टबाट उदाएकी मोडल नीति शाहको डेब्यु फिल्म हो । उनले निकै आश गरेको फिल्म थियो यो । तर, हलमा संगै युट्युबमा समेत दर्शक तान्न नसकेको उनको डेब्यु फिल्म बन्न पुग्यो ‘खजुरे ब्रो’ । यसपस्चात नितिको अभिनय रहेको फिल्म ‘ज्वाइँ साब’ले भने धन्न बोल्ने ठाउँ दिएको थियो ।














Discussion about this post