इटहरी/ पुन समुदायको सांस्कृतिक विविधतालाई उजागर गर्ने गीत ‘जय करबाकेली बाबा’ हालै युट्युबमा सार्वजनिक भएको छ । गायक जि पुन (जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा तयार यो गीतमा चीनबहादुर पुन र राधा पुनले शब्द रचना गरेका छन् । गीतमा सहायक स्वर बबिता पाख्रिन र दीपा तामाङले दिएका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ दीका गुरुङले गरेका छन् ।
गीतको भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन र खिम माया पाइजा पुनले अभिनय गरेका छन् । म्याग्दीको काफल डाँडामा छायांकन गरिएको यस भिडियोले पुन समुदायको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई उतारेको छ । राजेन्द्र गुरुको कोरियोग्राफी, सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप तथा सुरज लामाको सम्पादन गरेका छन् । हेर्नुस् भिडियो ।
सार्वजनिक भिडियो छायांकन र ड्रोन छायांकन कार्य भिडियोका मुख्य विशेषताहरू हुन् । जीएस प्रोडक्सनमा पोस्ट प्रोडक्सन गरिएको यो भिडियो जि पुन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक जि पुनले पुन: समाजभित्रका भाषिक र सांस्कृतिक विषयवस्तुलाई आगामी दिनमा पनि भिडियोमार्फत प्रस्तुत गर्ने योजना रहेको बताए ।














Discussion about this post