इटहरी/ अभिनेता विजय बराल प्रमुख भुमिकामा रहेको चर्चित नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतारिने भएको छ । १ करोड ३० लाखको लगानीमा निर्माण भएको यस फिल्मले नेपालभित्र मात्र ४७ करोडको व्यापार गर्दै नेपाली फिल्म इतिहासमा कीर्तिमानी सफलता हासिल गरेको थियो ।
फिल्मले अझै पनि राम्रो व्यापार गरिरहेकै अवस्थामा हलहरूले भारतीय फिल्म ‘पुष्पा २’लाई सबै शो दिन थालेपछि फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाजले ‘पूर्णबहादुरको सारङ्गी’ लाई हलबाट उतार्न बाध्य भएको भन्दै एक बिज्ञाप्ति जारी गरेको छ ।

यो फिल्म यहि सोमबारदेखी देशभरका सिनेमा हलबाट उतारिदैछ । यो निर्णयले दर्शकमा पर्न गएको असुविधा प्रती निर्माण युनिटले क्षमा मागेको छ । निर्माण युनिटले अर्को फिल्म मार्फत सारङ्गी प्रेमी दर्शकलाई भेट्ने बाचा समेत सार्वजनिक बिज्ञाप्ति मार्फत गरेको छ । यो फिल्म युनिटले सारङ्गीको दोश्रो शृङ्खला ल्याउने समेत तयारी गरेको छ । जहाँ आमाको कथा भनिने छ ।
विदेशमा समेत २५ करोड हाराहारीको व्यापार गरेको यस फिल्मले नेपाली फिल्म उद्योगमा विभिन्न रेकर्ड राख्न सफल भएको छ । नेपाली चलचित्र उद्योगमा ऐतिहासिक व्यापार र दर्शकको साथ पाएको यस फिल्मलाई हलबाट हटाउनुपर्ने निर्णयले फिल्म हेर्न बाँकी रहेका दर्शकहरु निराश भएका छन् । यसअघि यो फिल्म युनिटले हिसाबकिताब पारदर्शी नदेखाउने देशभरका २० ओटा हलहरुको नाम सार्वजनिक गर्दै फिल्म उतारेको थियो ।















Discussion about this post