इटहरी / नेपालका लोकप्रिय गायक तथा मोडल दुर्गेश थापा र भारतकी सौन्दर्य प्रतियोगिता विजेता नव्याश्री अभिनीत म्युजिक भिडियो ‘रूपकी रानी, शेरको राजा’ शुक्रबार सार्वजनिक भएको छ । गीतमा दुर्गेश र नव्याश्रीको अभिनयसँगै उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका छन् ।
यो गीतमा स्वर कृष्ण केसी र सदिक्षा कट्टेलको छ भने संगीत कृष्ण केसीकै रहेको छ । गीतको शब्द नव्याश्रीले आफैंले लेखेकी हुन् । गीतमा मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । दुर्गेश र नव्याश्रीको दमदार अभिनयले सजिएको यस म्युजिक भिडियोमा राजकुमार थापा र प्रकाश कँडेलले खलनायकको भूमिकामा अभिनय गरेका छन् । हेर्नुस् भिडियो ।
निर्देशन, सम्पादन र भिएफएक्स क्रान्ति केसीको रहेको छ भने भिडियो छायांकन अजय रेग्मीले गरेका हुन् । भिडियोमा देवराज सापकोटाको कोरियोग्राफी, रमेश मगरको एक्सन निर्देशन र राकेश रणपालको मेकअप रहेको छ ।
कोलकातामा जन्मेकी र दार्जिलिङकी स्थायी बासिन्दा नव्याश्रीले १५ वर्षको उमेरमै ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८,’ ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८,’ र ‘मिस नोटिस २०१८’ जस्ता उपाधिहरू जितिसकेकी छन् । बाल्यकालदेखि मोडलिङ र अभिनयमा रुचि राख्दै आएकी नव्याश्री हाल काठमाडौंमा रहेर यस क्षेत्रमा सक्रिय छन् । गीतलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् भने नव्याश्रीको शब्द र अभिनयको प्रशंसा भइरहेको छ ।














Discussion about this post