इटहरी/ इटहरीको इलाईट सिनेमा हल कार्वाही सहित चर्को जरिवानामा परेको छ । सो हलले खुद्रा मूल्य भन्दा बढी शुल्क लिएर पानी (मिनिरल वाटर) बेचेको भन्दै कार्वाहीमा परेको हो । एमआरपी भन्दा बढी शुल्क लिएर पानी बेचेको उजुरी परेपछी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिकाको अनुगमन पश्चात् ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
करिव एक महिनाअघि सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गरेको थियी । विज्ञप्तिमा एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको थियो । यस बिषयमा सो बेला विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच छलफल र अन्तरक्रिया समेत भएको थियो ।















Discussion about this post