इटहरी/ पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग वैवाहिक जीवनको सुरुआत गरेकी हुन् ।
विवाह समारोहमा प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेता जनार्दन शर्मा र कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री साथै संगीतकार चेतन सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
स्मिता दाहालकी आमा गंगा दाहालकी छोरी हुन् । स्मिताले ‘मायालु तिमी कता छौ’जस्ता चर्चित गीत गाएर आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन् । शैक्षिक पृष्ठभूमिमा उनले अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् । उता, सायुज्यले एमबीए अध्ययन पूरा गरेर व्यवसायीका रूपमा आफ्नो करियर स्थापित गरेका छन् ।














Discussion about this post