इटहरी/ मिना हुक्पा चोङबाङ फिल्मसको ब्यानरमा मिना हुक्पा चोङबाङले निर्माण गरेको लिम्बू संस्कारमा आधारित लघु फिल्म ‘खोक्पा’ले धरानमा हालै सम्पन्न ‘याक्थुङ सिने अवार्ड’मा सर्वाधिक अवार्ड प्राप्त गर्न सफल भएको छ । यो फिल्मले विभिन्न विधा अन्तर्गत ४ ओटा अवार्ड जितेको हो ।
जसमध्ये ‘उत्कृष्ट लघु चलचित्र’को अवार्ड सहित उत्कृष्ट चरित्र अभिनेत्री’, ‘सोसियल च्वाइस लघु चलचित्र’ र ‘उत्कृष्ट अभिनेता’को अवार्ड हात पारेको हो । खोक्पाको उत्कृष्ट नायकको अवार्ड यहि फिल्मबाट तिरज लिम्बुले जितेका थिए ।

यस्तै यो फिल्मकी निर्मात्री मिना हुक्पा चोङ्बाङको पनि ‘खोक्पा’मा अभिनय रहेको छ । उनले उक्त अवार्ड समारोहबाट खोक्पा लघु फिल्मबाटै ‘उत्कृष्ट चरित्र अभिनेत्री’को अवार्ड प्राप्त गर्न सफल भईन् । यता उनलाई नै लभ लेडि अर्थात ‘तिगेन्जङना अवार्ड’ समेत प्रदान गरिएको छ । उनले तथा उनको फिल्मले यतिधेरै अवार्ड हात पार्दा मिना भने नेपालमा छैनन् ।

यतिबेला उनी हङकङमा रहेको हुनाले अवार्ड समारोहमा उपस्थिति जनाउन पाईनन् । उनको अनुपस्थितिमा उनले प्राप्त गरेको अवार्ड अर्कि कलाकार डम्बर कुमारी पोयाङबो मेन्याङ्बोलाई प्रदान गरिएको थियो । यो अवार्ड कार्यक्रमलाई याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीले यहि १८ गते धरानको घोपा क्याम्पमा रहेको अडिटेरियम हलमा आयोजना गरेको थियो ।















Discussion about this post