Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सौगात अभिनीत ‘बम बहादुर’को ट्रेलर सार्वजनिक, फिल्म पुस ५ गते रिलिज हुने

✍ परिकला न्यूज
मंसिर २०, २०८१ मा प्रकाशित
सौगात अभिनीत ‘बम बहादुर’को ट्रेलर सार्वजनिक, फिल्म पुस ५ गते रिलिज हुने

इटहरी/ आउँदो पुस ५ गते रिलिज हुने अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले सस्पेन्स, थ्रिल र सोसल ड्रामाको झल्को दिनुका साथै साहस र सङ्घर्षको नभनिएको कथालाई उजागर गरेको छ । विद्रोही भूमिकामा देखिएका सौगात मल्ल ट्रेलरको केन्द्रमा छन् । फिल्मले भारतको दार्जिलिङ क्षेत्रको कथा प्रस्तुत गर्दै “अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ” भन्ने सन्देश स्थापित गरेको छ ।

ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखिएको छ भने यसलाई शाहिल खानले सम्पादन गरेका हुन् । निर्देशक जोन राईका अनुसार, यो फिल्म विशेषगरी भारतको दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने प्रयास हो । १९८० को दशकमा भएका घटनाहरूमा आधारित यस फिल्मलाई निर्देशकले भारतीय नेपाली समुदायको सङ्घर्षको डिजिटल दस्ताबेजका रूपमा परिभाषित गरेका छन् । हेर्नुस ट्रेलर

फिल्ममा सौगात मल्लसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, शान्तिला तामाङलगायतको अभिनय रहेको छ । बाल कलाकार वशिस्ट कार्कीले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । निर्माता सञ्जीव सार्कीले यो फिल्मले नेपाली समुदायको इतिहासलाई जगेर्ना गर्ने उद्देश्य लिएको बताए । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा तयार भएको फिल्मको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् ।

फिल्मका छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङको रहेको छ । फिल्मको सङ्गीत र गीत दीपङ्कर सिंह मुखियाले तयार गरेका हुन् भने ब्याकग्राउन्ड स्कोर इजाज अलीको रहेको छ । यसमा कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह, र लाइन प्रोड्युसर प्रकाश हमाल रहेका छन् । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो । नेपाल र भारतमा एकैसाथ रिलिज हुने यो फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ । ‘बम बहादुर’ एक सन्देशमूलक र ऐतिहासिक फिल्मका रूपमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

झाँक्री परिवारको संघर्षको कथा बोकेको ‘कार्साङ’को टिजर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘मिसिङ: केटि हराएको सुचना’को नयाँ प्रदर्शन मिति माघ ११ गते

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana