इटहरी/ आउँदो फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने भनिएको फिल्म ‘लाज शरणम्’को दोश्रो चरणको छायांकन मंगलबारदेखि काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट सुरु भएको छ । दशैंअघि डोल्पामा पहिलो चरणको सुटिङ सम्पन्न गरेको यस फिल्मले हालसम्म ९५ प्रतिशत छायांकन पूरा गरिसकेको निर्माण पक्षले जनाएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालले यो फिल्ममा मुख्य भूमिकाको रुपमा अभिनय गरेका छन् ।
यो फिल्म उनको पछिल्लो प्रोजेक्ट ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिजपछि प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ । फिल्ममा विजय बरालसँगै मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, र कमलमणी नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन सुदीप बरालले गरिरहेका छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा निर्माता नवीन श्रेष्ठ र सह-निर्माताको रुपमा राम नरेश शाह रहेका छन् । यसमा ‘सक्किगोनि’ टिमका कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ, जसले फिल्मलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।














Discussion about this post