Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘ह्रस्व दीर्घ’ अष्ट्रेलियामा प्रदर्शनको तयारी

✍ सुवास संकल्प
मंसिर १३, २०८१ मा प्रकाशित
फिल्म ‘ह्रस्व दीर्घ’ अष्ट्रेलियामा प्रदर्शनको तयारी

इटहरी/ नेपालमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै दोस्रो सातासम्म सफलतापूर्वक प्रदर्शनमा रहिरहेको फिल्म ‘ह्रस्व दीर्घ’ले अब अष्ट्रेलिया र न्यूजिल्यान्डको यात्रा सुरु गर्न लागेको छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दिएको जानकारी अनुसार यो फिल्म बिहीबारदेखि अष्ट्रेलियाको प्रायः सबैजसो सहरमा युनाइटेड सिनेमाज र भिलेज सिनेमाजको सहकार्यमा प्रदर्शन गरिनेछ ।

फिल्मको नेपालमा मात्र नभई विदेशमा पनि दर्शकको ठूलो माग भैरहेको छ । यही मागलाई ध्यानमा राख्दै अभिनेत्री ढुंगानासहितको टिम अहिले मोफसलमा दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । ‘ह्रस्व दीर्घ’लाई नीता फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो भने कार्यकारी निर्माताको भूमिकामा धनञ्जय गलानी रहेका छन् । फिल्मको प्रमुख भूमिकामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, रवीन्द्र झालगायतका कलाकार छन् ।

कथाकार हरिहर अधिकारी र निर्देशक चन्द्र पन्तको सहकार्यमा तयार भएको यो फिल्मलाई बलिउडका प्रतिष्ठित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका हुन् । चन्द्र पन्तले यसअघि द्धन्द्व निर्देशकको रूपमा आफ्नो पहिचान बनाइसकेका थिए भने यो उनको नेपाली सिनेमा निर्देशनमा डेब्यु हो । नीता ढुंगानाको लगानीमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ छिट्टै तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारीमा छ ।

अष्ट्रेलिया र न्यूजिल्यान्डमा फिल्मको वितरणको जिम्मा लिएको सेभेन सिजले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालमा उत्साहजनक व्यावसायिक प्रदर्शन गरिरहेको यो फिल्मले अब विदेशका दर्शकहरूमाझ कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।

अगाडिकाे पाेस्ट

‘एक्टिङ स्टार’को डिजिटल अडिसनमा ५०० भन्दा बढी सहभागी

अर्काे पाेस्ट

‘लाज शरणम्’को छायांकन सेटमा विजय बराल, फिल्म फागुन १४ गतेदेखी प्रदर्शन हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana